
पोखरा-साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति कास्कीले आगामी जेठ २० गते अन्नपूर्ण म्याराथनको छैटौं संस्करण गर्ने तयारीमा जुटेको छ । समितिले मौरिस हर्जोग(फ्रान्सेली पर्वतारोही) ले अन्नपूर्ण हिमाल आरोहणको अवसरमा जेठ २०(जून ३)मा वर्षेनी म्याराथन आयोजना गर्दै मनाउने गरेको छ ।
४१३० मिटरको उचाईबाट शुरु हुने यो दौड कास्कीको पर्यटकीय गाँउ घान्द्रुक आएर टुंगिने छ । एभरेष्ट म्याराथनपछिको सर्वाधिक उचाईको यो दौडले पर्यटन प्रवद्र्धन मात्रै नभई पर्वतारोही मौरिस हर्जोगको सम्मानार्थ समेत आयोजना गरिएको समितिले उल्लेख गरेको छ । मौरिस हर्जोगले सन १९५० जून ३ मा विश्वको आठहजार मिटर अग्लो हिमाल आरोहणको कीर्तिमान अन्नपूर्ण हिमाल आरोहण गरेर कायम गरेका थिए । सोही दिनलाई कास्कीबासी तथा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको छ ।
अन्नपूर्ण आधारशिविर(एबीसी)बाट शुरु भई दौड माछापुच्छ«े आधार शिविर, बगर,देउराली, हिन्कु केभ, हिमालय, दोभान, बाम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाडाँ, किम्रोनखेल, उरी हुदैं घान्द्रुक आईपुग्ने छ । दौडमा १३ विदेशीसहित ४० धावकले सहभागिता जनाउने निश्चित भईसकेको छ । ८ जना बेलायती भने भने थाईल्याण्ड, फ्रान्स, हल्याण्ड लगायतका देशका धावकहरुको सहभागित रहने समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, टाडापानी पर्यटन व्यवस्थापन समिति, लान्द्रुक मोदी हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट, मोदी जलविद्युत कम्पनी लिमिटेड घान्द्रुक, घान्द्रुक हाईड्रो प्रालि छोम्रोङ, गुरु आनन्द फाउण्डेशन, अर्ना वियर, माछापुच्छ«े बैंक लिमिटेड लगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
लामहिला तथा पुरुष दुवै विधामा हुने प्रतिस्पर्धाका विजेता धावकले नगद एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ नगदराशीको पुरस्कार प्राप्त गर्ने छन् । समितिका अनुसार अर्जेन्टिनाका धावक पाब्लो उरेटाको समेत म्याराथनमा सहभागिता रहने छ । प्रतियोगिताको लागि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान समितिले गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…