
पोखरा-गण्डकी प्रदेश शारीरिक सुगठन संघको प्रथम साधारण सभा तथा अधिवेशनले १५ सदस्यीय रहने गरी नयाँ कार्यसमिति चयन गरिएको छ । प्रथम अधिवेशनले कास्कीका प्रकाश पौडेलेको नेतृत्वमा हाललाई ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । ६ सदस्यीय पछि मनोनित गरिने छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा दुर्गा खोर्जा पुन(बाग्लुङ), महासचिवमा महेश श्रेष्ठ(तनहुँ), सचिव ध्रुव खड्का( बाग्लुङ), कोषाध्यक्षमा शिशिर थापामगर(तनहँु) रहेका छन् । यसैगरी सदस्यहरुमा दिवा राना, अमृत लम्साल, प्रदीप रेग्मी, अविनेश श्रेष्ठ रहेका छन् ।
नयाँ कार्यसमितिले चारजना सदस्य मनोनित गर्ने निर्वाचन समितिका सदस्य राजु थापाले जानकारी दिए । दुई सदस्य भने प्रदेश खेलकुद परिषदले मनोनित गरेर पठाउने छ । शारीरिक सुगठन खेलको विकास र विस्तारको लागि प्रदेश खेलकुद नियमावली अनुसार अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको थियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी समेत प्रदेश शारीरिक सुगठन संघले गर्ने जनाएको छ । शारीरिक सुगठन संघ प्रदेशका छ जिल्लामा गठन गरिएको छ । जिल्ला गठन पश्चात नै प्रदेश शारीरिक सुगठन संघको अधिवेशन गरिएको हो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…