
पोखरा-नेपाल मुआथाई संघले झण्डै एक महिना खेलाडीलाई विशेष प्रशिक्षण दिएको छ । बर्मेली प्रशिक्षक दिपक श्रेष्ठले पोखरा रंगाशालास्थित मुआथाई संघको हलमा विशेष प्रशिक्षण दिइएको हो ।
मुआथाई खेलको विकास र विस्तार गर्ने लक्ष्यसहित नेपाल मुआथाई संघले वर्षेनी प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष एक हप्तेदेखि एक महिने प्रशिक्षण गराउँदै आएको छ ।
र्
एक महिने प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । १५ जना खेलाडीहरु प्रशिक्षित भएको नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए । उनका अनुसार प्रशिक्षण लिनेहरुमा अनिरुद्र, संगम थापा, समन विक, आयुष थापा, अनिष गुङ, विराज गुरुङ, कुशल थापा, टिकबहादुर पुन, ओपल धामी, मोसेस कुमाल, सन्दीप सुनार, दिपक सुनार, भीमबहादुर मगर र दिपेश गुरुङ रहेका छन् ।
नेपाल मुआथाई संघको समन्वयमा पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको मुआथाई प्रतियोगिताकै सन्दर्भमा प्रशिक्षण शुरु गरिएको थियो । प्रशिक्षणमा मुआथाई सम्बन्धी नयाँ प्रविधि सम्बन्धी प्रशिक्षण गराईएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…