
पोखरा-पोखरामा जारी यू१६ छात्रछात्रा ह्याण्डबल प्रतियोगिता अन्तर्गत शनिबार छात्रातर्फ गण्डकी बोर्डिङका ए र बी टिम सेमीफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित ह्याण्बलकोर्टमा आयोजित प्रतियोगितामा गण्डकी बोर्डिङ एले पोखरा लनर्सलाई १२–२ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा गण्डकी बोर्डिङ बी टिम माउन्ट अन्नपूर्ण मावीसँग सघर्षपूर्ण खेलमा सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा ४–४ गोलले बराबरीमा सकिए पछि अतिरिक्त समयमा गण्डकी बोर्डिङ ७–५ गोलले विजयी हुदै सेमीफाइनलमा प्रदेश गरेको हो ।
यस्तै छात्रतर्फ गुरूकुल माविले अल्फा माविलाई ७–४ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ भने पोखरा एकेडेमी र बालकल्याण माविलाई १६–१० ले पराजित गरी सेमीफाइनलमा स्थान बनाएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा छात्र–छात्रातर्फ गरी २२ टिमको सहभागिता रहेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…