
एजेन्सी, असोज २२ । विश्वकप विजेता फ्रान्सले बुधबार राति युक्रेनसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ७–१ को फराकिलो जित निकालेको छ ।
फराकिलो जित निकाल्दा फ्रान्सले ६ गोल गर्दा एक गोल उपहार पाएको थियो । आपसी तालमेल नमिल्दा एक गोल खान पुगेको थियो ।
फ्रान्सका लागि ओलिभर जिरउडले २४ र ३४ औँ मिनेटमा गोल गरे । कामाविन्गाले ९, तोलिसोले ६५ औँ, केलियन एमबाप्पेले ८२ औँ तथा एन्टोनी ग्रिजम्यानले ८९ औँ मिनेटमा गोल गरे ।
युक्रेनका लागि सीगान्कोभले ५३ औँ मिनेटमा गोल गरे । ३९ औँ मिनेटमा युक्रेनका माइकोलेन्कोले आत्मघाती गोल गरेका हुन् । ३४ वर्षका जिरउडले फ्रान्सका लागि १०० औँ खेलमा ४१ र ४२ औँ गोल गरेका हुन् ।
बुधबार राति भएका खेलमा इटालीले माल्डोभालाई ६–० ले पराजित गरेको छ । यस्तै डेनमार्कले फारोइ आइल्याण्डलाई ४–०, चेक गणतन्त्रले साइप्रसलाई २–१, लिथुवानियाले इस्टोनियालाई ३–१, माल्टाले जिब्रालटारलाई २–० तथा लिचेस्टाइनले लग्जेम्बर्गलाई २–१ ले पराजित गरेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…