
ओजिल निराश
एजेन्सी-युईएफए युरोपा लिगको लागि आर्सनलले आफनो स्क्वाडमा मेसिट ओजिललाई समावेश गरेको छ । जर्मनीका ३१ वर्षिय ओजिललाई आर्सनलले पछिल्लो समय मैदानमा उतारेको छैन् । आर्सनलका व्यवस्थापक माईकल अर्टेटाले ओजिललाई आफनो स्क्वाडमा सामेल गराउन स्वीकार गरिरहेका छन् ।
लिग सिजन २०२०/२१ मा आर्सनलले २५ जनाभित्र उनलाई समावेश नगरेपछि ओजिल निकै निराशमा छन् । उनको स्थानमा सम्भवत एथलेटिको मड्रिडबाट गत सोमबार ट्रान्सर्फरको अन्तिम दिन थोमस पार्टेलाई समावेश गर्ने सम्भावना छ । पार्टेलाई ५० मिलियन युरोमा आर्सनलले भित्रयाएको हो ।
सन २०१३ मा ओजिल रियल मड्रिडबाट आर्सनल भित्रिएका हुन् । उनलाई आर्सनलको व्यवस्थापक आर्सेन वेंगरले ४२.४ मिलियन पाउण्डमा भित्र्याएका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…