
विदेशी खेलाडीको विदाई
काठमाडौं-नेपालमा तत्कालै फुटबलको गतिविधि सञ्चालन हुने सम्भावना नदेखिएपछि ए डिभिजन क्लब रुस्लान थ्रीस्टारले आफनो क्लबमा भएको विदेशी खेलाडीलाई स्वदेश(घर) फिर्ता पठाएको छ । शनिबार क्लबले आफनो गोलपिकर वाईभेस प्रिसोलाई घर पठाएको हो ।
नेपालमा कोरोना कहर बढ्दै गएको छ । त्यसले गर्दा पनि फुटबल लगायत खेलकुदजन्य गतिविधि ठप्पै छन् । कोरोना कहरकै कारण हवाई सेवा समेत ठप्प थियो । हवाई सेवा शुरु भएपछि थ्रीस्टारले प्रिसोलाई घर फिर्ता पठाएको हो । क्लबका अध्यक्ष अर्जुनमान जोशी र प्रिसो बीच फुटबल सिजनमा सम्पर्क गर्ने गरी सहमति अनुसार घर फिर्ता पठाइएको हो । क्लबका कार्यबहाक कोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ, कार्यकारी सदस्य एवं क्लब व्यवस्थापक मुकेश नकर्मी, सदस्य रुपन्द्र पुरी, आजिवन सदस्य विक्रम श्रेष्ठ तथा प्रेस सल्लाहकार उत्सव शाक्यको उपस्थिति रहेको थियो । यस अघि अन्य क्लबले पनि विदेशी खेलाडीलाई फिर्ता पठाईसकेको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…