
युजभेन्द्र चाहालको बलमा क्लिन बोल्ड हुदैं दिनेश कार्तिक ।
एजेन्सी(सारजहा)-१९५ रनको लक्ष्य पछ्याएको कोलकोत्ता नाईट राईडर्स फराकिलो रनले पराजित भएको छ । आईपिएलको २८ औंं खेल अन्तर्गत बैग्लोरले दिएको चुनौति पछ्याउने क्रममा कोलकोत्ता भने ११२ रनमै समेटिएको थियो । स्पीनरको बलमा कोलकोत्ता खेलाडीलाई खेल्न निकै कठिन भएको थियो ।
सुभम गिलले सर्वाधिक ३४ रनको योगदान रह्यो । आन्द्रे रसेल पनि सस्तैमा पभेलियनको बाटो समाए । १६ रनको उनको इनिंग्समा दुई चौका र एक छक्का सामेल थियो । राहुल त्रिपाठीले १६ रन बनाए ।पाँच व्याट्सम्यानको स्कोर भने दोहोरो अंकको भन्दा पनि कम थियो । वासिंटन सुन्दरले दुई विकेट दिदाँ अन्यको भागमा एक एक विकेट रह्यो ।
एबी डि भिलियर्सले अर्धशतकीय पारी खेलेपछि रोयल च्यालेन्जर बैंग्लोरले आईपिएलको २८ औं खेलमा कोलकोत्ता नाईट राइर्डसलाई १९४ रन बनाएको थियो । आरोन फिन्च अर्धशतक बनाउनबाट तनि रनबाट चुक्दा चौथो व्याट्सम्यानको रुपमा क्रिज आएका उनले विष्फोटक व्याटिंग गर्दै अर्धशतक पुरा गरे । फिन्चलाई ४७ रन बनाउँदै आउट भएपछि तेस्रो विकेटको रुपमा विराट कोहली आईपुगे ।
कोहलीले पनि फिन्चसँग साझेदारी खासै निभाउन भने सकेनन् । पहिलो विकेटको रुपमा देवदत्त पड्डीकललाई ३२ रनमा गुमाउन पुग्यो । पड्डीकल आउट भएपछि फिन्च र विराट कोहली खासै जम्न भने सकेनन् । फिन्च आउट भएपछि कोहलीले विकेट सम्हाल्ने प्रयासमा लागे । सहकर्मी भिलियर्सले भने विष्फोटक व्याटिंग गरे । फिन्चले ३७ बल खेल्दै ४ चौका र १ छक्का हिर्काएका थिए । भिलियर्सले ७३ रन नटआउट बनाए ।
३३ बल खेल्ने क्रममा ५चौका र ६ छक्का हिर्काए । कोहलीले पनि इनिंग सम्हाल्दै साझेदारी निभाउने क्रममा ३३ रन बनाई नटआउट रहे । २८ बल खेल्दै रन जोड्ने क्रममा विकेट जोगाउन उद्दत बने । क्रिजमा जमिसकेका भिलियर्सले भने सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । रोयलले २ विकेटको क्षतिमा १९५ रनको लक्ष्य पेश गर्यो । कोलकोत्ताका बलर आन्द्रे रसेलले सर्वाधिक रन दिने क्रममा ४ ओभरमा ५१ रन खर्चिएर १ विकेट लिएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…