
कोलकोत्ताका व्याट्सम्यान मोर्गान बललाई स्वीप गर्ने प्रयासमा ।
जायद(एजेन्सी)-मुम्बई इण्डियन्सलाई कोलकोत्ता नाईट राईर्डसले कमजोर लक्ष्य दिएको छ । सातौं नम्बरमा आएको पाट कुमिन्सको अर्धशतकीय पारीमा नाईट राइर्डसले मुम्बईलाई शुक्रबार आईपिएलको ३२ औं खेलमा केवल पाँच विकेटको क्षतिमा १४८ रन बनाउँदै कोलकोत्तालाई जितको लागि १४९ रनको लक्ष्य दिएको हो ।
पाट कुमिन्सले इओइन मोर्गानसँग नटआउट साझेदारी निभाउँदै कमजोर लक्ष्यबाट माथि उठाएका थिए । कुमिन्सले ३९ बल खेल्दै ५३ रन बनाउँदै महत्वपूर्ण योगदान दिने क्रममा ५ चौका र २ छक्का हिर्काउँदै नटआउट रहे । मोर्गानले पनि ३९ रन बनाउने क्रममा २९ बल खेल्दै २ चौका र २ छक्काको रन व्याटबाट निस्किएको थियो । कोलकोत्ताको ओपनर र मध्यक्रमका व्याट्सम्यानको प्रदर्शन खासै लोभलाग्दो र उल्लेख्य देखिएन् ।
राहुल त्रिपाठी ७ रन आउट भए । २१ रन बनाई खेल्ने क्रममा सुभम गिल राहुल चाहरको बलमा आउट हुन पुगे । नितिश राना र दिनेश कार्तिक पनि दोहोरो अंकको रन बनाउनु अघि नै पभेलियन फर्किए । कार्तिकलाई चाहरले नै आउट गरेपछि कोलकोत्ता निकै धरासायी अवस्थामा थियो ।
आन्द्रे रसेल पनि १२ रनमै आउट भएपछि कोलकोत्ताको इनिंग सम्हाल्दै इज्जतिलो व्याटिंग गर्ने क्रममा कुमिन्स र मोर्गानले नटआउट रहँदै ५३ र ३९ रन बनाएका थिए । मुम्बईका बलर नाथन कल्टर निल सर्वाधिक महंगा बने । उनले ४ ओभरमा ५१ रन खचिएर एक विकेट आफनो नाममा लेखाए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…