
एजेन्सी, कात्तिक १ । कोलकत्ता नाईट राइडर्समाथि ८ विकेटको जित निकाल्दै साविकको च्याम्पियन मुम्बई इन्डियन्सले दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आफ्नो लयलाई कायम राखेको छ ।
अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेपछि कठिन सुरुआत गरेको कोलकत्ताले मुम्बईलाई निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रस्तुत लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । ४४ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डेय २१ रनमा अविजित रहे । बलिङ तर्फ कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १÷१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा नटआउट रहे । यस्तै सुबमन गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन जोडे ।
मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १र१ विकेट लिए ।
कोलकत्तालाई हराएर जारी लिगमा छैठौं जित निकालेको मुम्बईको १२ अंक भएको छ । यस्तै दोस्रो स्थानको दिल्ली क्यापिटल्सको पनि समान १२ अंक नै रहेको छ । तर नेट रनरेटको आधारमा दिल्ली दोस्रो स्थानमा रहेको छ । उता पराजित कोलकत्ताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।
जारी सिजन कोलकत्तामाथि मुम्बईको यो लगातार दोस्रो जित हो । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले स्तब्ध बनाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…