
मैदान छिर्दै गारेथ बेल ।
एजेन्सी-सात वर्षपछि टोटनह्यामबाट वेल्सका स्ट्राईकर गारेथ बेलले डेब्यु गरेका छन् । उनले ७२ औं मिनेटमा मैदान छिर्दै टोटनह्याममा सातवर्ष पछि डेब्यु गरेका हुन् । उनी स्टेफन बर्गविजेनको स्थानमा मैदान छिरेका थिए ।
इंग्लिस प्रिमियर लिगबाट सात वर्ष अघि टोटनह्यामबाट बेल सर्वाधिक महंगा खेलाडीको रुपमा रियल मड्रिड गएका थिए । पछिल्लो समय रियल मड्रिडमा रोजाईमा पर्न नसकेपछि बेन्चमै बसेर सिजन विताएका बेल यसै सिजन लोनमा रियलबाट टोटनह्याम आएका हुन् ।
डेब्यु गरेको खेलमा उनले स्कोरिंग नगरेपनि नजिता भने बराबरीमै चिक्त बुझाए । वेष्टह्यामलाई टोटनह्यामसँग ३-३ गोलको बराबरीमा टुग्याएको थियो । खेलको अन्तिम दश मिनेट सम्हालिन नसक्दा टोटनह्यामले सम्भावित जितबाट टाढिदैं अंक बाँड्न बाध्य भयो । दोस्रो हाफमा पुनरागमन गर्दै तीर्न गोल गरेपछि वेष्टह्याम खेलमा फर्किएको थियो ।
सन ह्युङ मिनको पहिलो मिनेटमै गोल गरेको टोटनह्यामले पहिलो हाफमै ३-० गोलको अग्रता लिएको थियो । दोस्रो र तेस्रो गोल भने ह्यारी केनको नाममा रह्यो । केनले ८ र १६ मिनेटमा गोल गर्दै फराकिलो अन्तर बनाए । तर दोस्रो हाफमा भने वेष्टह्यामले सुधारिएको खेल पस्कियो ।
फावियन बाल्वुनाले ८२ औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाए । वेष्टह्यामले ८५ औं मिनेटमा गोलको उपहारसँगै अन्तरलाई ३-२ को अवस्थामा झारेका थिए । इन्जुरी समयमा म्यानुअल लान्जिनीले गोल गर्दै वेष्टह्यामलाई टोटनह्यामसँगको हारबाट जोगाउँदै अंक खोसे ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…