
च्याम्पियन्स लिग युभेन्ट्स र डाइनामो किभ भिड्ने
एजेन्सी-युईएफए युरोपियन च्याम्पियन्स लिगको समूहगत प्रतिस्पर्धा आजराती देखि शुरु हुदैं छ । आजरातीको इटालियन जायन्ट युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दै छ । दुवै च्याम्पिन्यस लिगको समूहगत प्रतिस्पर्धाको पहिलो खेल खेल्ने छन् । यी दुवै बीचको प्रतिस्पर्धा झण्डै १८ वर्ष हुने छ ।
युभेन्ट्स र डाइनामो किभ बीच सन २००२ को च्याम्पियन्स लिगमै भेट भएको थियो । होम र अवेमा गरी दुई पटक प्रतिस्पर्धा हुदाँ नजिता युभेन्ट्सको पक्षमा थियो । युभेन्ट्स यतिबेला आफना स्टार खेलाडी पोर्जुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहने छन् । उनी कोरोना संक्रमित भएपछि सेल्फ आइसोलेशनमा छन् । उनी पोर्चुगलको स्वीडेनसँगको नेशन्स लिग खेल्नु अघि नै कोरोना संक्रमित पुष्टि भएपछि आईसोलेसनमा थिए । लिस्बानबाट उनी केही दिनपछि इटालीको टुरिन फर्किएका थिए ।
१८ पछिको भेटमा दुवैलाई नयाँ हुने अनुमान छ । झण्डै दुईदशक पछि हुने आमने सामनेले नतिजा कस्तो आउँछ यकिन गर्न गाह्रो छ । यद्यपी फुटबल पण्डितको अनुमान भने युभेन्ट्सले जित्ने आँकलन गरिएको छ । फुटबल हो अन्तिमसम्म संघर्ष हुन्छ । त्यसपछि मात्रै भन्न सकिने अवस्था रहने एकथरीको विश्वास छ ।
आजराती नै च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल रसियन क्लब जेनित सेन्ट पिटर्सबर्गले बेल्जियन क्लब क्लब ब्रुगसँग खेल्ने छ । यी दुवै च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुदैं छ । दुवैलाई नयाँ प्रतिस्पर्धाको रुपमा देखिने छन् । गत सिजनको च्याम्पियन्स लिगमा क्लब ब्रुगले रियल मड्रिडसँग बेर्नाबेउमा २-२ गोलको बराबरी खेलेको थियो । खेलको नतिजा अनुमानित गरिए अनुसार क्लब ब्रुगले जित्ने सम्भावना बढी देखाएको छ । पिटर्सबर्गको सम्भावना भने बराबरी वा जित्ने सम्भावना बराबरी रहेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…