
एल क्लासिको भिडन्त ।
एजेन्सी-युरोपियन फुटबलकै चर्चित र ठूलो फुटबल प्रतियोगिता एल क्लासिको हुदैं छ । स्पेनिस जायन्ट क्लबद्वय रियल मड्रिड र बार्सिलोना बीचको प्रतिस्पर्धा आज शनिबार साँझ हुदैं छ । एक क्लासिको भिडन्तलाई स्पेनिस फुटबलमा सबैभन्दा प्रतिस्पर्धाको रुपमा हेरिन्छ ।
जित निकाल्ने दुवैको लक्ष्य हुने छ । अघिल्लो खेलमा दुवैले नकारात्मक नजिताको सामना गरेका छन् । रियल मड्रिड भर्खरै स्पेनिस ला लिगामा बढुवा भएको क्लब काडिजसँग १-० गोलले पराजित हुदैै निराश भएको थियो । च्याम्पियन्स लिगमा पनि शख्तर डोनास्ट्कसँग ३-२ ले पराजित भएको थियो । हप्ताभित्र दुई नकारात्मक नजिताले भने रियललाई निकै तनाब बनाएको छ ।
बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित निकाल्दै अगाडि बढेको छ । तर ला लिगामा भने रियलकै जस्तो नियति भोगेको थियो । बार्सिलोना भने गेटाफेसँग १-० गोलले पराजित भएको थियो । एल क्लासिकोको प्रतिस्पर्धा निकै महत्वपूर्ण मानिन्छ । अन्य खेलसँगको हारजित भन्दा पनि एल क्लासिको भिडन्तको हारजितलाई गम्भीरताको रुपमा लिइन्छ ।
बार्सिलोनामा मेस्सीका जादुमयी छविलाई कायमै राख्नुपर्ने छ । केही दिन अघि मात्रै व्यवस्थापक रोनाल्ड कोयम्यानले मेस्सीको खेललाई लिएर निराशाजनक अभिव्यक्ति दिएका छन् । उनले बार्सिलोनामा मेस्सीको प्रदर्र्शन खासै राम्रो नभएको टिप्पणी समेत गरेका छन् ।
रियलले च्याम्पियन्स लिग र स्पेनिस ला लिगामा व्यहोरेको हारलाई एल क्लासिको जितबाट पीडालाई भुल्ने प्रयास गर्ने छ । बार्सिलोनाले पनि च्याम्पिन्यस लिगकै जस्तो नजिता निकाल्ने प्रयासमा रहने छ । युवा खेलाडीलाई मैदानमा उतार्दै नजिता आफनो पक्षमा पार्ने भरप्रयास गर्ने देखिन्छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…