
गोलगरेपछि करिमा बेन्जेमासहित रियलका खेलाडीहरु ।
एजेन्सी-अन्तिम मिनेटमा कासिमिरोले गोल गरेपछि रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको दोस्रो खेल सम्भावित हारबाट जोगिएको छ । बुधबार विहान भएको खेलमा रियलले बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २-२ गोलको बराबरीमा टुग्याउँदै दोस्रो चरणको प्रवेशको सम्भावना कायमै राखेको छ । पहिलो खेलमा शख्तर डोनेस्ट्कसँग ३(२ ले पराजित भएको रियललाई जित अनिवार्य थियो ।
रियलले बोरुसियासँगको खेल पनि पुनरागमन गरेको थियो । शख्तरसँग पनि पहिलो हाफमै ३ गोल खाएर कमब्याक गर्न खोजेको रियल अन्तत पराजित हुन पुगेको थियो । बोरुसियाले पनि रियलमाथि पहिलो हाफमै हाफमै अग्रता लिएको थियो । ३७ औं मिनेटमा मार्कस थुरामले गोल गर्दै बोरुसियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमै पछि परेको रियल दोस्रो हाफमा लयमा फर्किने सम्भावना जगायो ।
यद्यपी ५८ औं मिनेटमै मार्कसकै गोलमा बोरुसियाले अग्रतालाई दोब्बर बनाउँदा रियलमाथि निकै दबाव हुन पुग्यो । इएल क्लासिकोमा बार्सिलेनामाथि उसैको मैदानमा जित दर्ता गरेर उत्साहित बनेपनि रियलको उत्साहलाई बोरुसियाले मत्थर बनायो । ८७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियल कमब्याक गर्ने सम्भाबना देखायो । खेलको इन्जुरी समयमा रियलका लागि कासिमिरोले गोल गरेपछि रियल सम्भावित हारबाट जोगिन पुग्यो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…