
कोलम्यान दुई वर्ष प्रतिबन्ध
एजेन्सी-आगामी वर्ष जापानमा हुने ओलम्पिकमा एकसय मिटरको विश्व च्याम्पियन धावक क्रिष्टियन कोलम्यान उपस्थिति हुने छैनन् । उनीमाथि दुई वर्षको प्रतिबन्ध लगाइएको छ । एथलेटिक्सको नियम उल्लंघन गरेको आरोपमा कोलम्यान प्रतिबन्धित भएपछि आगामी वर्ष जापानको टोकियोमा हुने ओलम्पिकमा देखा पर्ने छैनन् ।
एथलेटिक इन्ट्रिग्रिटी युनिट(एआईयु)ले उनीमाथि नियम उल्लंघनको आरोप लगाउँदै दुईवर्षको प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ । गतवर्ष उनीमाथि तीन लागु औषध प्रयोगको परीक्षण गरिएको थियो । जसका कारण एआईयुले गत जुनमा प्रतिबन्ध गरेको थियो । एआइयुको विज्ञप्तिमा भनिएको छ( हामी एथलेटलाई दुई वर्ष अयोग्यताको घोषणा गर्दछौं । जुन मे १३ तारिख २०२२ सम्म लागु हुने छ ।
प्रतिबन्धको निर्णयलाई कोलम्यानले अपिल गर्न सक्ने जनाइएको छ । उनी विरुद्धको घटनालाई एन्टी डोपिङ एजेन्सी(वाडा)ले तीन महिना छुटेको कसरी १२ महिनाको हिसाब किताब कसरी सम्भव हुन्छ भन्ने सोधखोज गरेपछि गतवर्ष अमेरिकाको एन्टी डोपिङ एजेन्सीले उनीमाथिको प्रतिबन्ध खुकुलो गरेको थियो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…