
मुम्बईका इशान किसन व्याटिंग गर्दै ।
दुबाई(एजेन्सी)-दिल्ली क्यापिटल्सलाई आईपिएलको अर्को खेलको नजिताले प्ले अफको सम्भावना देखिएको छ । त्यसपनि अझ स्पष्ट रन रेटमा भर पर्ने देखिएको छ । मुम्बई इण्यिन्ससँग शनिबार साँझ पराजित भएसँगै दिल्लीको प्ले अफको सम्भावना अर्काको खेलको नजितामा भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।
१११ रनको लक्ष्य पछ्याएको मुम्बईले ओपनर ईशान किसनको अर्धशतकीय पारीको महत्वपूर्ण इनिङमा मुम्बईले १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । ओपनर क्विन डिककलाई २६ रनमा गुमाएको मुम्बईको इनिङ ्सलाई किसनले सम्हाल्दै जितसम्म डोहोर्याए ।
उनले अविजित ७२ रन हिर्काउने क्रममा ४७ बल खेल्दै ८ चौका र ३ छक्का हिर्काए । सुर्य कुमार यादवले किसानलाई साथ दिदैं १२ रनको योगदान गरे । एनरिच नार्ट्जेको बलमा छक्का हान्दै किसानले लक्ष्य पुरा गरेका हुन् । मुम्बईले १४.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
टस हारेर व्याटिंगमा उत्रिएको दिल्लीका भरपर्दा व्याट्सम्यान शिखर धवन मुम्बईसितको खेलमा चल्नै सकेनन् । उनी शून्यमै पभेलियन फर्किएपछि धरासायी बनेको दिल्ली क्यापिटल्सको व्याट्सम्यानलाई सस्तैमा आउट गर्न जसप्रित बुमराहले महत्वपूर्ण भूमिका खेले ।
टोरेन्ट बोल्टले धवन र पृथ्वी साको विकेट लिएपछि धरासायी बनेको दिल्लीलाई अझै धरापममा भने बुमराहल गरिदिए । रिषभ पन्त, मार्कस स्टोनी र हर्सल पटेलको विकेट लिएपछि मध्यक्रममा व्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए ।
ओपनर सा केवल १० रनमा आउट हुदाँ शिखरको व्याट शनिबार आईपिएलको ५१ औं खेलमा मुम्बईसँग चल्दै चलेन् । कप्तान श्रेयस ऐयर पनि २५ रनमा राहुल चाहरले आउट गरेपछि दिल्लीले कमजोर शुरुवाती गरेको थियो ।
रिषभ पन्त २१ रन जोड्ने क्रममा बुमराहले आउट गरेपछि दिल्लीको खराब व्याटिंग दोहोरिरह्यो । अन्तिम अर्डरका रुपमा रहेका रविचन्द्र अश्विनले १२ रन बनाए । उनलाई बोल्टले कुर्नाल पाण्डेको हातबाट क्याच आउट गरेपछि दिल्लीले ९ विकेटको क्षतिमा ११० मा समेटिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…