लिभरपुल शीर्षस्थानमा उक्लियो, चेल्सीको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित


मोहम्मद सलाह बल नियन्त्रण गर्ने प्रयासमा ।

एजेन्सी-लिभरपुलले ईंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती वेष्टह्याम युनाईटेडलाई २-१ ले पराजित गर्दा चेल्सीले बर्नलीमाथि ३-० को इज्जतिलो नजिता निकालेको छ ।

वेष्टह्यममाथि पाएको जितसँगै १६ अंकसहित लिभरपुल लिगको शीर्षस्थानमा उक्लिएको छ ।

खेलमा वेष्टह्यामले अग्रता पहिलो लियो । फावियो फोर्नाल्सको गोलबाट अग्रता लिएको वेष्टह्याम पहिलो हाफको अन्तिम समयमा बराबरी गोल खाँदै पहिलो हाफ बराबरीमा टुग्याएको थियो ।

पहिलो हाफ हुनु भन्दा केही अघि मात्रै पाएको पेनाल्टीबाट लिभरपुलले खेलमा फर्किने अवसर पायो । ४२ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टी गोल गर्दै खेलमा फर्किएको लिभरपुलको जितमा भने डियागो जोटाको गोल निर्णायक बन्न पुग्यो ।

पेनाल्टी गोलसँगै खेलको लागि टर्निङ प्वाइन्ट बनेको लिभरपुलका लागि ८५ औं मिनेटमा जोटाको गोलसँगै जित पक्का हुन पुग्यो ।

उता चेल्सीले सहज जित निकाल्ने क्रममा हाकिम जियचले पहिलो गोल गरे । उनले २६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

चेल्सीका लागि दोस्रो गोल ६३ औं मिनेटमा कर्ट जोउमाले गोल गरेपछि अग्रता दोब्बर हुन पुग्यो । ७० औं मिनेटमा टिमो वेर्नरले अर्को गोल थपेपछि चेल्सीले फराकिलो गोल अन्तरको जित सम्भब बनाएको थियो ।