
युनाईटेड र एभर्टनको प्रतिस्पर्धा ।
एजेन्सी-आज साँझ प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडले एभर्टनसँग भिड्दैं छ । एकपछि अर्को खराब नजिता आत्मसात गर्दै आएको युनाईटेडले आजको खेलमा सुधार गर्नुपर्ने खाँचो छ ।
प्रशिक्षकमाथि दबाव बढेको छ । आर्सनलसँग घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित भएपछि युनाईटेडको आलोचना व्यापक हुदैं आएको छ ।
एभर्टनले शीर्षस्थानबाट पाँचौं स्थानमा झरेको छ । उस्ले पनि पछिल्लो खेल जित विहीन रहेको छ । आर्सनलसँगको प्रतिस्पर्धामा युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले डिबक्सभित्र गरेको गल्ती फेरी दोहोरिनु हुदैन् ।
एभर्टनले पनि आफना स्ट्राईकर जेम्स रोड्रिगोईजको उपस्थिति हुने छ । न्युक्यासलसँगको प्रतिस्पर्धामा जेम्स घाईते भएका थिए । यद्यपी उनी युनाईटेड विरुद्धको खेलमा देखिने छन् । यसल एभर्टनलाई अझ बलियो बनाउने विश्वास समर्थकको छ ।
एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले जेम्स युनाईटेड विरुद्धको खेलमा फर्किने बताए । उनले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ । उनी शारीरिक रुपले ठीक छन् तर शतप्रतिशत फिट छन कि छैनन् तर उनी हामीलाई खाँचो छ । यदी खेल्न सक्दैनन भने हामी थप जोखिम लिन चाहदैनौं ।
युनाईटेड केवल ७ अंक लिएर बसेको छ । एभर्टन भने १३ अंकमा छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…