३२ वर्षपछि साउथह्यामटन लिगको शीर्षस्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित


साउथह्यामटनको प्रहार रोक्ने प्रयास गर्दै क्यु क्यासलका गोलकिपर ।

एजेन्सी-साउथह्यामटनले क्युक्यासललाई पराजित गर्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिको छ । गएराती भएको प्रतिस्पर्धामा २-० ले पराजित गर्दै साउथह्यामटन १६ अंकसहित शीर्षस्थानमा उक्लिएको हो ।

जितसँगै साउथह्यामटन प्रिमियर लिगमा ३२ वर्षपछि शीर्षस्थानमा उक्लिएको हो । यसअघि साउथ ह्यामटनले १९८८ मा लिगको शीर्षस्थानमा उक्लिएको थियो ।

घरेलु मैदानमा साउथ ह्यामटनले चे एडम्सले गोल गर्दै दिलाएको अग्रता अन्तिम मिनेटमा थप गोल गर्दै जित आत्मसात गरेको थियो । ७ औं मिनेटमा चेले थियो वाल्कोटको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो गोल भने खेल सकिन ८ मिनेट बाँकी रहँदा गोल गर्दै ३ अंकको लागि पर्याप्त बन्यो । ८२ औं मिनेटमा स्टुआर्ट आम्सट्रोङले गोल गर्दै जित दिलाउँदै लिगको शीर्षस्थानमा उक्लिएको हो । लिभरपुल पनि १६ अंकसहित लिगको दोस्रो स्थानमा छ ।