
एभर्टन विरुद्ध गोल गरेपछि खुशी मनाउँदै ब्रुनो ।
एजेन्सी-प्रिमियर लिगमा खराब लयमा गुज्रिएको म्यानचेष्टर युनाईटेड एभर्टन विरुद्धको महत्वपूर्ण खेलमा पुनरागमन गर्दै जित निकालेको छ । शनिबार राती भएको प्रतिस्पर्धामा पहिलो हाफमै दुवै गोल सम्भब बनाएको युनाईटेडले पुनरागमन गर्दै ३-१गोलले पराजित गरेको थियो ।
१९ औं मिनेटमा बेर्नार्डले गोल गर्दै एर्भटनलाई अग्रता दिलाए । तर उनले दिलाएको अग्रता ६ मिनेट मात्रै कायम रह्यो । २५ औं मिनेटमा ब्रुनो फर्नाण्डेजले गोल गर्दै बराबरीमा ल्याए । उनैले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का बनाए ।
लुके शाले दिएको पासलाई सदुपयो गर्दै ब्रुनोले २५ औं मिनेटमा बराबरी गोल गरेका थिए । उनको गोलसँगै खेलमा फर्किएको युनाईटेडलाई उनैको अर्को गोलले महत्वपूर्ण जित दिलायो ।
३२ औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा मार्कस रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । ४६ औं मिनेटमा एभर्टनले बराबरी गर्ने अवसरलाई गुमाउन पुग्यो । गेल्फी सिगार्डसनको पासलाई अब्डोलेई डोउकोउरेले हिर्काएको बल डिफेन्सले रोकेका थिए ।
६० औं मिनेटमा सिक्स यार्ड बक्सबाट युनाईटेडका ह्यारी मागुईरेले हानेको बल आकासिएको थियो । ७२ औं मिनेटमा फ्रेडले दिएको पासलाई मार्कसले सदुपयोग गर्न सकेनन् ।
मार्कसको प्रहारलाई गोलकिपरले बचाउ गरेका थिए । ८९ औं मिनेटमा ब्रुनोले हानेको फ्रिकिक पोष्टभन्दा निकै माथिबाट बाहिरिएपछि युनाईटेडले थप गोल गर्नबाट चुक्यो ।
इन्जुरी समयमा यसै सिजनमा युनाईटेडमा भित्रिएका एडिसन काभानीले युनाईटेडको लागि डेब्यु गोल गरे । ब्रुनोको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । ८२ औं मिनेटमा एन्टोनी मार्सलको स्थानमा मैदानमा छिरेको काभानीले गोल गर्दै आफनो उपस्थिति देखाए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…