स्पेन र नेदरल्याण्ड बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


बल नियन्त्रण गर्दै नेदरल्याण्डका भान डि बिक ।

एजेन्सी-स्पेनले नेदरल्याण्डसँग बराबरी खेलेको छ । गएराती भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दवैले -(१ गोलको बराबरी खेलेका हुन् ।

सर्जियो कानालेसले पहिलो हाफमा गोल गर्दै दिलाएको अग्रता दोस्रो हाफमा बराबरी गोल खाँदै स्पेनले बराबरीमै टुग्याएको छ । १८ औं मिनेटमा स्पेनका कानालेसले पहिलो हाफमै गोल गरेका थिए ।

तर पुनरागमन गर्दै नेदरल्याण्डले बराबरी गोल फर्कायो । ४७ औं मिनेटमा डोनी भान डि बिकले बराबरी गोल गर्दै नेदरल्याण्डलाई हारबाट जोगाए ।