अर्जेन्टिना र पाराग्वे बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


गोल गरेपछि खुशी मनाउँदै अर्जेन्टिनाका खेलाडीहरु ।

एजेन्सी-पहिलो हाफ हुन चार मिनेट अघि मात्रै पुनरागमन गोल गर्दै अर्जेन्टिनाले पाराग्वेसँग विश्वकप छनोटमा शुक्रबार बराबरी खेलेको छ ।

२१ औंं मिनेटमा पेनाल्टीबाट पाराग्वेले लिएको अग्रतालाई ४१ औं मिनेटमा आईपुग्दा अर्जेन्टिनाले बराबरी गर्दै हारबाट जोगिन पुग्यो ।

पेनाल्टीमा पाराग्वेका एन्जेल रोमेरोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाए । तर अग्रता पहिलो हाफ नपुग्दै बराबरी हुन पुग्यो ।

४१ औं मिनेटमा निकालोस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको हारबाट जोगाउँदै इज्जत जोगाए । ४१ औं मिनेटमा पाएको कर्नरलाई सदुपयोग गर्दै अर्जेन्टिनाले बराबरी गोल फर्काएको थियो ।

जिओभानी लो सेल्सोको कर्नरलाई गोन्जालेजले क्लोज रेन्जबाट हानेको हेड गोलमा परिणत भएपछि अर्जेन्टिनमा खेलमा पुनरागमन गरेको थियो । खेल एक एक गोलको बराबरीमा टुंगियो ।