
बलको लागि संघर्ष गर्दै ईग्ल्याण्ड र आयरल्याण्डका खेलाडी ।
एजेन्सी-ईंग्ल्याण्डले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आयरल्याण्डमाथि ३-० गोलले पराजित गरेको छ । ईंग्ल्याण्डले घरेलु मैदानमा अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धामा आयरल्याण्डलाई सन १९८५ पछि पहिलो पटक फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
पहिलो गोल कप्तान ह्यारी मागुईरेले १८ औं मिनेटमा हेडिङ गर्दै गोल गरे । उनको गोलको अग्रतासँगै अगाडि बढेको ईंग्ल्याण्डले ३१ औं मिनेटमा जाडोन सान्चोले अर्को गोल थप्दै अग्रता दोब्बर बनाउँदा पहिलो हाफ अघि नै ईंग्ल्याण्डले अग्रतालाई फराकिलो बनाउने प्रयासमा रह्यो ।
५६ औं मिनेटमा पेनाल्टी पाएको ईंग्ल्याण्डले अर्को गोल थप्दै जितलाई फराकिलो बनाउँदै सुनिश्चित बनायो । पेनाल्टीलाई डोमिनिक काल्भर्ट लेविनले गोल गरेका थिए ।
ईंग्ल्याण्डका गोलकिपर डिन ह्याण्डरसनले ईंग्ल्याण्डको जर्सीमा पहिलो क्याप जिते । उनी पहिलो रोजाईका गोलकिपर निक पोपेलाई स्थानान्तरण गर्दै दोस्रो हाफमा मैदान छिर्दै पहिलो क्याप जित्ने अवसर पाए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…