फ्रान्स र पोर्चुगल भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित


रोनाल्डो बल अगाडि बढाउँदै । रोक्ने प्रयासमा पाउल पोग्बा ।


एजेन्सी-पोर्चुगलले आज फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । नेसन्स लिग अन्तर्गत आज दोस्रो लेगको भेट हुदैै छ । पहिलो लेगमा गोलरहित बराबरीमा टुंगिएको थियो । दुवैले एक एक अकं बाँडेका थिए ।

क्रिष्टियानो रोनाल्डोले मैदानमा उपस्थिति हुने छन् । एन्डोरा विरुद्ध दोस्रो हाफमा मैदानमा उत्रिदै गोल गरेका थिए । कुर्कुच्चाको चोटबाट ग्रसित उनी फ्रान्स विरुद्धको खेलमा उत्रिने सक्ने छन् ।

गत वर्षको युरोकपमा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । यद्यपी खेलको पछिल्ला नजितलाई नियाल्दा पोर्चुगल भन्दा फ्रान्स नै अब्बल देखिएको छ । खेल पण्डितको अनुमान अनुसार पोर्चुगलले जित्ने सम्भावना औल्याएका छन् ।

पोर्चुगलको स्क्वाडमा क्रिष्टियानो रोनाल्डोकै वरिपरी केन्द्रीत हुने छ । डियागो जोटा तथा जोआओ फेलिक्स महत्वपूर्ण खेलाडीको रुपमा रहने छन् । त्यसैगरी बर्नार्डो सिल्भाले पनि महत्वपूर्ण खेलाडीको रुपमा रहने छन् ।

फ्रान्सका लागि पनि किलियन एमबाप्पेलाई रोक्नुपर्ने देखिन्छ । एन्टोईन ग्रिजमन, ओलिभर जिराउडसँगै मार्सियल एन्थोनीले खेललाई आफनो योजना अनुसार घुमाउन सक्ने छन् । ग्रिजमनको खेल खासै प्रभावकारी देखिएको छैन् । उनले बार्सिलोनाबाट आफनो चमक देखाउन सकेका छैनन् ।