तीन मिनेटमा तीन गोल, द.कोरिया पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित


बल खोस्ने प्रयास गर्दै कोरियन खेलाडी ।

एजेन्सी-तीन मिनेटमा तीन गोल हानेपछि मेक्सिकोले दक्षिण कोरियामाथि प्रतिस्पर्धात्मक जित रचेको छ । खेलमा पुनरागमन गर्ने क्रममा मेक्सिकोले तीन मिनेटमा तीन गोल गर्दै कोरियामाथि ३-२ को गोलले पराजित गर्दै नतिजा आफनो पक्षमा पार्यो ।

२१ औं मिनेटमा कोरियाले अग्रता लियो । ह्वाङ उई जोले गोल गर्दै दिलाएको अग्रता झण्डै ६७ मिनेटसम्म कायम रह्यो । ६७ देखि ७० मिनेटमा लगातार कोरियाले तीन गोल खान पुग्यो ।

अप्रत्यासित रुपमा ६७ औंं मिनेटमा गोल खाएको कोरिया तीन मिनेट सम्हालिनै सकेन् । बराबरी गोल राउल जेमेनिजले गरेका थिए । त्यसपछि ६९ औं मिनेटमा उरियल अन्टुनाले दोस्रो गोल गरे । तेस्रो गोल ७० औं मिनेटामा कार्लोस साल्सेडोले गरे ।

८७ औं क्वान क्युङ वानले गोल गर्दै खेलमा फर्किने लय देखाए । तर थप गोल गर्न सकेन् र मेक्सिकोसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित हुन पुग्यो ।