
गोल गरेपछि बेल्जियम खेलाडी ।
एजेन्सी-ईग्ल्याण्ड नेसन्स लिगमा गएराती बेल्जियमको हातबाट पराजित हुन पुगेको छ । जितसँगै बेल्जियम शीर्षस्थानमा छ । दोस्रो स्थानमा डेनमार्क छ ।
पहिलो हाफमै गरेको दई गोलले बेल्जियमको जित पक्का हुन पुग्यो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन् ।
योरी टिलिमान्सले १३ औं मिनेटमा पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । २३ औं मिनेटमा डेरी मेर्टेन्सले गोल गर्दै जित सुनिश्चित बनाए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…