टर्कीसँग रसिया पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १ गते २०७७ मा प्रकाशित


टर्की र रसिया बीचको खेल

एजेन्सी –नेसन्स लिग अन्तर्गत गएरातीको प्रतिस्पर्धामा दश खेलाडीमा सीमित रसियामाथि टर्कीले कठिन जित दर्ता गरेको छ । २४ औं मिनेटमा एन्ड्री सेमेनोभलाई गुमाएको रसियाले पहिलो हाफमा अग्रता लिएको थियो । ११ औं मिनेटमा गोल गर्दै अग्रता लिएको रसियाले पहिलो हाफ टुंगिदाँ एक गोलले पछि परिसकेको थियो ।

११ औं मिनेटमा डेनिस चेरेसिभले गोल गर्दै रसियालाई अगाडि बढाए । तर २३ औं मिनेटमा टर्कीले बराबरी गोल फर्कायो । केनन कारामनले गोल गरेका थिए । लगत्तै रसिया दश खेलाडीमा सीमित हुन पुग्यो ।

३२ औं मिनेटमा सेन्गुईज अण्डरले गोल गर्दै टर्कीलाई अग्रता दिलाए । सेन्क टुसानले ५२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फराकिलो जित सम्भब बनाउना देखाए । तर ५७ औं मिनेटमा रसियाले प्रतिस्पर्धात्मक गोल फर्कायो । डालेर कुजियभले गोल फर्काए तर बराबरी गर्नबाट रसिया भने चुक्यो ।

अन्य खेलको नजिता
नेदरल्याण्ड -३, बोसनिया एण्ड हर्जगोभिना- १
वेल्स- १, रिपब्लिक
आयरल्याण्ड -०
इटाली -२ , पोल्याण्ड- ०
ग्वाटेमाला- २, होन्डुरस -१