स्वीडेनमाथि फ्रान्सको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित


जिराउडको हेडर गोलमा परिणत ।

एजेन्सी-ओलिभरी जिराउडको दुई गोलको मद्दतमा फ्रान्सले स्वीडेनमाथि ४-२ गोल अन्तरले पराजित गरेको छ । नेसन्स लिग अन्तर्गत गएराती भएको प्रतिस्पर्धामा पहिलो गोल भने स्वीडेन गरेको थियो ।

खेलको चौथो मिनेटमा स्वीडेनले भिक्टोर क्लासनको गोलसँगै अग्रता लिएको थियो । तर १६ औं मिनेटमा जिराउडले फ्रान्सका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ३६ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई पहिलो हाफ २-१ को स्थितिमा पुर्याए ।

दोस्रो हाफमा जिराउडले व्यक्तिगत दोस्रो गोल गरे । उनले ५९ औं मिनेटमा गोल गरेका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको किलियन एमवाप्पको छोटो क्रस बलमा जिराउडको हेडर गोलमा परिणत भएको थियो । ८८ औं मिनेटमा स्वीडेनका लागि रबिन क्वासनले गोल गर्दै खेलमा फर्किने संकेत गरे । तर इन्जुरी समयमा फ्रान्सका किंग्स्ले कोम्यानले गोल गर्दै फराकिलो जित सम्भब बनाए ।