
गोपी र पुष्पा नेपालगन्ज म्याराथन उपाधिसहित
नेपालगन्ज-सशस्त्र प्रहरी बल(एपिएफ)का गोपीचन्द्र पार्कीले छैटौं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । महिला हाफ म्याराथनमा एपिएफकै पुष्पा भण्डारी च्याम्पियन बनेकी छिन् ।
दुवै गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । गोपीले ५ हजार मिटरमा स्वर्ण र पुष्पाले म्याराथनले रजत पदक जितेकी थिइन् ।
उपाधि जितेसँगै पार्कीले अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि आफ्नो स्थान सुरक्षित गरेका छन् । २५ खेलाडीको सहभागिता रहेको म्याराथनमा पार्कीले २ घन्टा १८ मिनेट ५९ सकेन्डमा दौड पुरा गरेका थिए । नेपाली खेलाडीले स्वदेशमा दौड पूरा गरेको यो उत्कृष्ट समय हो । यसअघि भुमीराज राई २ घन्टा २० मिनेट ४० सेकेन्डको उत्कृष्ट समय थियो ।

विपीचोक सुरु भएर कोहलपुर चौराहा, उत्तरतर्फ कौशिलानगर पुगेर सोही रुट हुँदै विपीचोक पुगेर दौड पूरा गर्ने क्रममा नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भएका थिए । बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा दौड पुरा गरे । त्यसतै सेनाकी खगेन्द्र भाटले तेस्रो स्थान हासिल गर्नका लागि २ घन्टा २७ मिनेट २८ सेकेन्ड समय लगाए ।
पुष्पाले १ घन्टा २६ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेकी थिइन् । महिलातर्फ १० खेलाडी दौडदा जुम्लाकी मन्जु राउत (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) दोस्रो र दाङकी शर्मिला घर्ती (१ घन्टा ३८ मिनेट १४ सेकेन्ड) तेस्रो भएकी थिइन् । सुदूरपश्चिमकी सकुन्तला ठगुन्ना चौथो, दाङकी अनिषा चौधरी पाँचौं, बर्दियाकी कल्पना चौधरी छैटौं, बाँकेकी अंकिता गुरुङ सातौं र कास्की ललिता लामिछाने आठौं भएकी थिइन् । पुष्पाले ३० हजार, मन्जुले २० हजार र शर्मिलाले १० हजार रुपैयाँ प्राप्त गरिन् । शकुन्तलाले ८ हजार, अनिषाले ७ हजार, कल्पना ५ हजार , अंकिताले २ हजार ललिताले १ हजार प्राप्त गरिन् ।

म्याराथनमा सेनाका नवराज साउद चौथो, ज्ञानप्रसाद भट्टराई पाँचौं, सुदूरपश्चिमका मुकेशबहादुर पाल छैटौं, कालिकोटका जगदीश गिरी सातौं र दाङका सनम घर्ति आठौ भएका छन् ।
गोपीले ७५ हजार,कृष्णले ३० हजार, र खगेन्द्रले १० हजार रुपैयाँ प्राप्त गरे । नवराजले १०, ज्ञानप्रसादले ८, मुकेशले ७ हजार, जगदीश ६ र सनमले ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेताहरुलाई राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपालगञ्ज उप महानगरपालिकाका मेयर धवल शमशेर राणा, दुगड गु्रपका महाप्रबन्धक प्रदीप छाजेड, आर्शीवाद पेन्ट्सका किरण कार्की, राष्ट्रिय वाणिज्य बैंकका लुम्बिनी प्रमुख आनन्द सुवेदी,एक्सन एडका कार्यक्रम निर्देशक विष्णु पौडेल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर समेत रहेका एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई एथलेटिक्स विकासमा योगदान पुर्याएमा आयोजक क्रिएटिभ ह्यान्ड्सले ५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो । समापनमा क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले नेपालगन्ज म्याराथनको सातौं संस्करण २०७८ मंसिर ४ गते शनिबार आयोजना हुने घोषणा गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…