
गोल गरेपछि खुशी साट्दै टोटनह्यामका खेलाडीहरु ।
एजेन्सी-टोटनह्यामसँगको सम्बन्धलाई वर्षदिन पुरा गरेका जोसे मोरिन्होले आफनो दोस्रो वर्ष सुखद शुरुवात गर्ने क्रममा शनिबार राती म्यानचेष्टर सिटीलाई २-० गोलले पराजित गरेको छ ।
पेप ग्वार्डिओलाले पनि सिटीमा आफनो सम्झौता दुईवर्ष लम्ब्याएताको पहिलो खेल हारबाट शुरुवात गरे ।
जितसँगै टोटनह्याम ईग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । नौ खेल खेलेको टोटनह्यामले २० अंकसहित शीर्षस्थानमा रहँदा लिसेष्टर सिटी दोस्रो स्थानमा छ ।
टोटनह्यामले पहिलो हाफमा अग्रता लिदाँ दोस्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित बनायो । तीन अंकको प्रतिस्पर्धामा पहिलो हाफमै ह्युङ मिन सनको गोलबाट अग्रता लिएको थियो ।
पाँचौ मिनेटमा टाङ्गे एन्डोम्बेलेले दिएको पासमा सनले गोल गर्दै पहिलो हाफमै अग्रता दिलाए । उनको गोलसँगै टोटनह्यामले सिटीविरुद्ध अग्रता कायमै राख्यो ।
दोस्रो हाफमा पनि सिटीमाथि हावी भएको टोटनह्यामले ६५ औं मिनेटमा अर्को गोल थप्यो । ह्यारी केनले दिएको पासलाई जियोभानी लो सेल्सोले गोल गर्दै अग्रता दोब्बर बनाए ।
टाङ्गेको स्थानमा मैदान छिरेका उनले छिरेकै केही सेकेण्डमै गोल गरेका थिए । उनको गोल नै अन्तिम बन्यो । थप गोल हुन सकेन् । सिटी पराजित हुन पुग्यो ।
उता अर्को खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु मैदानमा वेष्टब्रुममाथि संघर्षपूर्ण जित निकालेको छ । पेनाल्टीको सहारामा जित निकालेको युनाईटेडले घरेलु मैदानमा पहिलो लिग गोल गर्न ३२४ मिनेटको समय लगायो । यो नै पहिलो घरेलु जित थियो ।
ु
दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै जित सम्भब बनाएको युनाईटेडलाई जित निकाल्न निकै सकस भएको थियो । ५६ औं मिनेटमा ब्रुनो फर्नाण्डेजले पेनाल्टीमा गोल गर्दै तीन अंकको लागि हकदार बनाए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…