रोनाल्डोका दुई गोलमा युभेन्टसको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित


गोल गरेपछि रोनल्डो ।

एजेन्सी-क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्धतमा युभेन्ट्सले काग्लियारीलाई २-० गोलले पराजित गरेको छ । आईतबार विहान भएको प्रतिस्पर्धामा पहिलो हाफमै रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी एमा युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ ।

रोनाल्डोले चार मिनेटमा अन्तरमा दुई गोल गरेका हुन् । उनले पहिलो हाफकै ३८ औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल ४२ औं मिनेटमा गरेका थिए ।

पहिलो गोलको लागि अवसर भने अल्भारो मोराटाले सृजना गरिदिए । उनैको पासमा रोनाल्डोले पहिलो गोल सम्भब बनाउँदै युभेन्ट्सलाई अग्रता दिलाए ।

दोस्रो गोलको लागि अवसर भने हुवान काउडराडोले सृजना गरिदिएका थिए । उनकै पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल पोष्ट नजिकैबाट गोल गर्दै जित पक्का बनाएका हुन् ।