
गोल गरेपछि खुशी देखिएका रोनाल्डो ।
एजेन्सी-क्रिष्टियानो रोनाल्डोको गोलबाट कमब्याक गरेको युभेन्ट्सले आज विहान भएको च्याम्पियन्स लिग प्रतिस्पर्धामा फेरेन्सभारोसलाई २-१ गोलले पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै युभेन्ट्सले जित निकालेको हो ।
खेलको १९ औं मिनेटमा युभेन्ट्सले पहिलो खान पुग्यो । फेरेन्सभारोसका लागि मायर्टो युजिनीको गोलबाट अग्रता लिएको थियो ।
पहिलो गोल खाएको युभेन्टस दबावमा पर्यो । तर पहिलो हाफमौ क्रिष्टियानो रोनाल्डोले गोल गर्दै बराबरीमा ल्याए । ३५ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्स कमब्याक हुन पुग्यो ।
खेलको इन्जुरी समयमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्टसले जित पक्का बनायो । मोराटाले ९०प्लस २ मिनेटमा गोल गरे । उनलाई र क्रिष्टियानो रोनाल्डोको लागि गोलको अवसर भने हुवान काउड्राडोले मिलाईदिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…