चेल्सी र टोटनह्यामको रोमाञ्चक प्रतिस्पर्धाको प्रतिक्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित


चेल्सी र टोटनह्याम

एजेन्सी-परिवेश निकै फरक छ । चेल्सी र टोटनह्याम हट्सपर बीच आईतबार ईंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै छन् । प्रतिस्पर्धाकै सम्मुखमा आईपुग्दा चेल्सी र टोटनह्याम दुवैले जित निकाल्ने उद्देश्यसहित मैदानमा उत्रिने छन् ।

चेल्सीका व्यवस्थापक फ्रयांक लाम्पार्ड छन् । टोटनह्यामका व्यवस्थापक जोसे मोरिन्हो छन् । हिजो चेल्सीमा मोरिन्हो व्यवस्थापक हुदाँ लाम्पार्ड खेलाडी थिए । खेलाडी र व्यवस्थापक बीचको प्रतिस्पर्धा हुने छ । एकापसमा प्रतिस्पर्धा हुने छ ।

रोमन अब्रामोभिचले चेल्सीको स्वामित्व लिएपछि १००० हजार खेल्दै छ । त्यसको जिम्मेवारी लाम्पार्डको काँधमा छ ।

प्रिमियर लिगमा टोटनह्याम शीर्षस्थानमा छ । चेल्सी १८ अंकसहित तेस्रो स्थानमा छ । पछिल्लो पाँच वर्षको नजितालाई नियाल्दा चेल्सीसँग टोटनह्याम पराजित भएको छ ।

एक खेल बराबरीमा टुंगिएको छ । चार खेलमा चेल्सीले जित दर्ता गरेको छ । तर अहिले चेल्सी भन्दा पनि टोटनह्याम लयमा देखिएको छ । जितको लागि खेल्ने छन् ।