
बल कटाउने प्रयास गर्दै अल्भारो मोराटा । तस्बिर रोयटर्स ।
एजेन्सी-इन्टरमिलानले सासोओलोलाई ३-०ले पराजित गर्दै इटालियन सिरी एको दोस्रो स्थानमा उक्लिदाँ युभेन्ट्स भने अंक बाँड्दै पाँचौ स्थानमा झरेको छ ।
गएराती भएको प्रतिस्पर्धामा इन्टरले एकपक्षीय नजिता निकाल्ने क्रममा आत्मघाती गोलको उपहार समेत सामेल रह्यो । एलेक्स सान्चेजको गोलबाट अग्रता लिएको इन्टर मिलानले सासोओलोमाथि दबाव शुरु गरेको थियो ।
पहिलो हाफमै चौथो मिनेटमा सान्चेजले गोल गर्दै दबावमा परेको सासोओलोले १४ औं मिनेटमा आइपुग्दा आत्मघाती गोलको उपहार दिन पुग्यो । १४ औं मिनेटमा भ्लाड क्रिससले आत्मघाती गोल गरेका थिए । पहिलो हाफमै २-० गोलले पछाडी परेको सासोओलो दोस्रो हाफमा थप एका गोल खाँदै सहज पराजित हुन पुग्यो ।
दोस्रो हाफमा पनि इन्टरले गोल थप्ने क्रममा ६० औं मिनेटमा अर्को गोल सम्भव बनायो । रोबर्ट गिलार्डिनीले गोल गर्दै इन्टरलाई सहज दिलाए । जितसँगै इन्टर १८ अंकसहित दोस्रो स्थानमा छ ।
उता युभेन्ट्सले बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा टुग्याउँदै अंक पनि एक एक बाँडेका छन् । पहिलो चौथो मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको युभेन्ट्सले मोराटालाई खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै बाहिरिएको हेर्न बाध्य भयो ।
बेनेभेन्टोले पहिलो हाफकै इन्जुरी समयमा बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि ४५ प्लस ३ मिनेटमा गेटाने लाटिजियाले बराबरी गोल गरेका थिए । खेलको इन्जुरी समयमा युभेन्ट्स दश खेलाडीमा रहेर अंक बाँड्न बाध्य भयो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…