
दक्षिण अफ्रिका विरुद्ध व्याटिंग गर्दै ।
एजेन्सी-डेविड मालनले अर्धशतकीय पारी खेल्दै जितको आधार तयार पारेपछि ईग्ल्याण्डले दक्षिण अफ्रिकालाई दोस्रो टी-२० खेलमा ४ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको ईग्ल्याण्डले एक बल बाँकी रहदाँ १४७ रनको लक्ष्य पुरा गर्दा छ विकेट गुमाएको थियो ।
टस हारेर व्याटिङमा उत्रिएको अफ्रिकाले ६ विकेटको क्षतिमा १४६ रनको योगफल तयार पारेको थियो । क्विन डिककले सर्वाधिक ३० रनको योगदान दिने क्रममा १८ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । जर्ज लिण्डेले पनि २९ रन बनाउने क्रममा २० बल खेले । रसी भान डेर डसेनले २५ रनको योगदान गरे । अदिल रसिदले दुई विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याउने क्रममा ईग्ल्याण्डको लागि डेविन मालनले अर्धशतकीय पारी खेल्दै जितको आधार तयार पारिदिए । दोस्रो विकेटको रुपमा क्रिज छिरेका उनले ५५ रन बनाउने क्रममा ४० बल खेल्दै ७ चौका र छक्का हिर्काए । कप्तान इओईन मोर्गानले २६ रन बनाउँदै अविजित रहे ।
३ चौका र १ छक्का हान्दै जितसम्म डोहोर्याउने क्रममा १७ बल खेलेका थिए । जस बटलरले २२ रनको ओपनिङ खेल्दै गतिलो शुरुवात गरे । ताबरेज साम्सीले तीन विकेट लिने क्रममा १९ रन खर्चिएका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…