
हेडिङ गर्ने प्रयासमा खेलाडीहरु ।
एजेन्सी-आसर्नल गएराती उल्भरह्यामटनसँग २-१ गोलले पराजित भयो । ईंग्लिस प्रिमियर लिगमा आर्सनलको यो इतिहासकै खराब नतिजाको रुपमा उल्लेख गरिएको छ ।
उल्भरसँग आफनै घरेलु मैदानमा हारले आर्सनलको भविष्यमाथि प्रश्न उठन थालेको छ । सन १९८१-८२ को सिजनमा घरेलु मैदानमा पराजित भएको आर्सनलले ४० वर्षपछि पुरानै नियति दोहोर्यायो ।
४० वर्षयताको नजिताले आर्सनलको खराब लयलाई देखाएको छ । उल्भरले आर्सनलमाथि दोस्रो हाफमा गरेको निर्णायक गोलसँगे जित निकाल्दैं महत्वपूर्ण तीन अंक जोड्यो । स्टार स्ट्राईकर पिईरे एमरिक अबुमेयांगले गोलको खडेरी तोड्न सकेनन् । पछिल्लो समय उनको प्रदर्शन ओरालिएको आभाष आर्सनल फ्यानहरुले गरिरहेका छन् ।
३० औं मिनेटमा आसर्नलका ग्रावियलले गोल गर्दै अग्रता दिलाए । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्सनलले बराबरीमा ल्यायो । तर पहिलो हाफ सकिनु अघि नै उल्भरले अर्को गोल थप्दै जित पक्का बनायो । २७ औं मिनेटमा उल्भरका लागि पेड्रो नेटोले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफ हुनु तीन मिनेट अघि मात्रै उल्भरले आफनो खेल सुधार्दै स्कोरिङ निकाल्न सफल रह्यो । ४२ औं मिनेटमा डानियल पोडेन्सले गोल गर्दै जित सुनिश्चित गर्दा आर्सनललाई हार चखायो । हारसँगै आर्सनल लिगको १४ औं स्थानमा रहँदा जितसँगै उल्भर १७ अंक सहित छैटौं स्थानमा उक्लिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…