
डेविड वार्नर ।
एजेन्सी-दुईदिनपछि हुने एकदिवसीय श्रृखंलाको अन्तिम खेलमा अष्ट्रेलियका ओपनर डेविड वार्नर टोलीमा रहने छैनन् । यसले भारतलाई केही सहज हुने अपेक्षा गरिएको छ । तीन खेलको श्रृखंला अष्ट्रेलियाले कब्जा गरिसकेको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले अष्ट्रेलियासँग एक दिवसीय तीन खेलको श्रृखंलाको अन्तिम खेल डिसेम्बर २ तारिखमा हुने छ । अष्ट्रेलियाले भ्रमणकारी टोलीमाथि क्लिन स्वीप गर्ने योजनामा छ । भारतले भने विदेशी भूमीमा अष्ट्रेलियालाई पराजित गरेर क्विन स्वीप हुनबाट जोगिने प्रयासमा रहने छ ।
वार्नर दोस्रो एक दिवसीय खेलको फिल्डिङ का घाईते भएका थिए । उनी मांशपेसीमा समस्या भएपछि अस्पताल पुर्याईएको थियो । यसले अष्ट्रेलियन टोलीलाई घाटा हुने देखिएको छ । आरोन फिन्चसँगको ओपनिङ जोडीको रुपमा रहेका वार्नरले दुवै खेलमा अर्धशतक हिर्काएका थिए ।
वार्नर ४ तारिख देखि शुरु हुने टी-२० को सिरिजमा समेत सहभागिता हुने सम्भावना कम रहेको समाचारमा जनाइएको छ । उनको स्थानमा डार्सी शार्ट टोलीमा समावेश हुने छन् । अष्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन लेंगरका अनुसार टी-२०सिरिजमा डार्सी शर्टको सहभागिता रहने छ । १७ तारिखदेखि अष्ट्रेलिया र भारत बीच टेष्ट शुरु हुने छ ।
टेष्ट शुरु हुनु अघि नै उनी फिट हुने अपेक्षा गरिएको छ । अष्ट्रेलियन टिममा आफनो फाष्ट बलर प्याट कमिन्सलाई समेत आराम दिईएको छ । उनी अन्तिम एक दिवसीय र टी-२० को सिरिज खेल्ने सम्भावना कम छ । उनलाई पनि टेष्टको लागि आराम दिईएको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…