
गोलको खुशीयाली मनाउँदै सख्तरका खलाडीहरु ।
एजेन्सी-रियल मड्रिडलाई बेर्नाबेउ र आफनै घरेलु मैदानमा पराजित गर्दै सख्तर डोनेट्स्कले च्याम्पियन्स लिग अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनालाई जिवितै राखेको छ । अन्तिम खेल सख्तरले इन्टर मिलानसँग खेल्ने छ ।
रियल मड्रिडले पनि नकाउट चरणमा प्रवेश गर्नको लागि बोरुसिया मन्चेङग्लाडवाचसँग खेल्ने छ । बोरुसियाको ८ अंक छ । सख्तर र रियलको ७/७ अंक छ । अन्तिम १६ मा पुग्न सख्तर र रियल दुवैलाई जितको खाँचो छ । बराबरीले गोल अन्तरले अन्तिम १६ को प्रवेश खोल्ने छ ।
सख्तरले घरेलु मैदानमा रियलमाथि २-० को नजिता निकाल्दै बलियो बनेको छ । बेर्नाबेउमा ३-२ गोलले जितेको सख्तरले आफनै मैदानमा रियललाई सहज पराजित गर्न दोस्रो हाफ कुर्यो ।
पहिलो हाफ गोलरहित टुंगियो । दोस्रो हाफमा सख्तरले गोल गर्दै दबाव शुरु गर्यो । ५७ डेन्टिन्होको गोलबाट अग्रता लिएको थियो । ८२ औं मिनेटमा मानोर डोलोमनले गोल गर्दै दोहोरो अग्रतासँगै खेल आफनो पक्षमा पारे । सख्तरसँगको दुवै लिगमा पराजित भएपछि रियल निकै तनाबमा छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…