एथलेटिकोलाई पेनाल्टीको दुर्भाग्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


पेनाल्टीमा गोलगरेपछि थोमस मुलर ।

एजेन्सी-खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयो गरेपछि बार्यन म्युनिखले च्याम्पियन्स लिगमा गएराती एथलेटिको मड्रिडसँग सम्भावित हारबाट जोगिएको छ । नकाउट चरणमा प्रवेश गरिसकेको बार्यनले एथलेटिको मड्रिडसँग १-१ गोलको बराबरीमा टुंगिदैं अंक बाँडे ।

बरारबीले बार्यनलाई फाईदा हुदाँ एथलेटिकोलाई भने अन्तिम १६ मा प्रवेश गर्न अर्को खेल जित्नै पर्ने दबावमा छ । अन्तिम खेल आगामी ९ डिसेम्बरमा एथलेटिकोले साल्जबर्गसँग खेल्ने छ ।

साल्सबर्गमाथि जित दर्ता गरेको अवस्थामा एथलेटिको ९ अंकसहित समूहका दोस्रो स्थानमा रहँदै नकाउट चरणमा प्रवेश पाउने छ । साल्सबर्गसँग बराबरीको अवस्थाले पनि एथलेटिकोलाई अन्तिम १६ मा पुग्छ । एथलेटिको मड्रिडले पहिलो लेगमा साल्जबर्गलाई ३-२ गोलले पराजित गरेको थियो ।

पहिलो हाफको २६ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एथलेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । उनको गोल निर्णायक हुने सम्भावना थियो । तर दुर्भाग्य ८६ औं मिनेटमा बार्यनले पेनाल्टी पाउँदै खेलमा पराजयको संघारबाट मुक्त हुन पुग्यो । थोमस मुलरले पेनाल्टीलाई गोलमा परिणत गरेपछि वार्यन सम्भावित हारबाट जोगिन पुग्यो ।