रोनाल्डोको ७५० औं गोलको कोशेढुंगा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित


गोल गरेपछि खुशी देखिएका रोनाल्डो ।

एजेन्सी-युभेन्ट्सले डायनामो किभलाई ३-० गोलले पराजित गर्ने क्रममा क्रिष्टियानो रोनाल्डोले फुटबल करियरको ७५० औं गोल गर्दै नयाँ किर्तिमानी बनाएका छन् । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको प्रतिस्पर्धामा रोनाल्डोले दोस्रो हाफमा गोल गर्दै कोशेढुंगा पार गरेका हुन् । २६ औं मिनेटमा फेडरिको चिईसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

उनले दिलाएको अग्रतामा रोनाल्डोले ५७ औं मिनेटमा गोल थर्पै अग्रतालाई फराकिलो बनाए । ६६ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै जित पक्का बनाए । जित अगावै च्याम्पियन्स लिगको नकाउट चरणमा प्रवेश गरिसकेको थियो ।

किभ विरुद्ध युभेन्टसका लागि दोस्रो गोल गर्दै उनले करियरको ७५० औं गोल गर्दै आफुलाई विश्वकै उत्कृष्ट स्ट्राईकरको रुपमा उभ्याए । ३५ वर्षिय रोनाल्डोले बढ्दो उमेरसँगै आफनो फुटबल करियरलाई पनि उमेरसँगै बढाउँदै लगेका छन् ।

उनले रियल मड्रिडमा ९ वर्षको बसाईमा ४५० गोल गरेका थिए । ११८ गोल जतिबेला उनले ईंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडमा हुदाँ गर्दै उत्कृष्ट फुटबलरको संकेत गरिसकेका थिए ।
देशको लागि १०२ गोल गरेका छन् । युभेन्ट्सका लागि ७५ गोल गर्दा फुटबलको व्यवसायिक करियर शुरु गर्ने क्रममा पहिलो क्लब स्पोर्टिङमा ५ गोल गरेका थिए ।