रियल मड्रिडसँग सेभिल्ला आफनै मैदानमा पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७७ मा प्रकाशित


गोल गरेपछि जुनियर ।

एजेन्सी-भिनिसियस जुनियरको निर्णायक गोलमा रियल मड्रिडले सेभिल्लालाई उसैको घरमा१-० गोलले पराजित गरेको छ । पहिलो हाफ गोल रहित टुंगिदाँ निकै दबावमा रहेको रियलले ५६ औं मिनेटमा भिनिसियसको निर्णायक गोलमा जित पक्का गर्दै तीन अंक जोड्यो ।

दोस्रो हाफमा गोलको खडेरी तोड्ने क्रममा मेन्डीले दिएको पासलाई भिनिसियसले हल्का टचले गरे । उनको टचले सेभिल्लाका गोलकिपरको हातमा आएपनि फुत्किएर गोलमा परिणत भएपछि रियलले जितको खुशीयाली मनाउने पर्याप्त रह्यो । जितसँगै रियल स्पेनिस ला लिगामा २० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

एक गोलले पछि परेको अवस्थामा सेभिल्लाले एकै पटक तीन खेलाडी परिवर्तन गर्दै रियलमाथि दबाव दिएको थियो । सासोले हानेको लेफ्ट सट क्रसबारमाथिबाट बाहिरिएको थियो । फ्रिकिकलाई समेत सदुपयोग गर्न नसकेपछि सेभिल्लाले बराबरीको सम्भावनालाई टाढै छोड्यो ।