
प्रिन्स दाहाल
काठमाडौ- सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाईनल प्रवेश गरेका छन् ।
बुधबार भएको प्रतियोगितामा सेनाका गोकुल जोरालाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै दाहाल क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले क्वाटरफाईनलमा सेनाक पविन लिनथेपसंगको भेट पक्का गरेका छन् । पविनले रामेछापका टिकाराम मगरलाई २१–४, २१–६ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गलाई २१–१३, २१–१० ले पराजित गर्दै क्वाटरफाईनलमा सेनाका रत्नजित तामाङ्गसंगको भेट पक्का गरेका हुन् । रत्नजित वाई पाएर सिदै क्वाटरफाईनल प्रवेश गरेका थिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप –२१को आयोजनामा भएको प्रतियोगिता अन्तरगत आज भएको अन्य खेलमा सेनाका प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन तथा एपिएफका साजन कृष्ण ताम्राकारले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे ।
प्रफुलले रुपन्देहीका डेभिड थापामगर माथि २१–१२, २१–११ले, नविनले एपिएफका प्रियान्सु सिंह क्षेत्री माथि २१–१७, २१–१४ ले, रुकेशले सेनाकै आयुष्मान नागरी माथि २१–१८, २१–१६ र साजनले एपिएफका निरञ्जन देवकोटा माथि २१–९, २१–१३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको प्रतियोगिता रेफ्रि किरण कारञ्जितले बताएका छन् ।
कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित राष्ट्रिय स्तरका खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । यस प्रतियोगितामा राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको छ ।
राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । ब्याडमिन्टनको ईतिहासमा यती ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाईनलिष्ट दुई जनाले जनही १०÷१० हजार प्राप्त गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…