
सात खेलाडी पुरस्कृतपछि सामूहिक तस्बिरमा । तस्बिर खेलाडी न्युज ।
काठमाडौं-युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट आज सम्मानित गरिएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा ७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् । २ प्रशिक्षक तथा समान १–१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरिएको छ । दुई प्रायोजक पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मानित भएका हुन् ।
शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित सम्मानित भए । समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।
समान १–१ लाख नगदसहित सम्मानित हुनेमा गल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन् । १३ औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मी बाहेक तीनै खेलाडी १३ औं सागका दोहोरो स्वर्ण विजेता हुन् । मन्डे, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए ।
प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए । १३ औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । दुवैलाई समान ५०–५० हजार नगद प्रदान गरियो । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा। ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गोल्फ संघ सम्मानित भए । तीनैलाई समान १–१ लाख नगद दिइयो ।
प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मान गरियो । कतार एयरवेजले शहिद स्मारिक ए डिभिजन फुटबल लिग प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगर भित्रका ए डिभिजन फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले उनीहरुलाई खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…