
कप्तान सिता राना मगर
दाङ- साविकको विजेता विभागीय टोली एपीएफले दाङको लमहीमा जारी प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताम ाविजयी सुरुवात गरेको छ । समूह ए मा रहेको एपीएफले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार दिनको दोस्रो खेलमा कर्णालीलाई २ सय ४ रनले पराजित गरेको छ ।
खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमाआफ्नो सबै विकेट गुमाएर ३१ रनमासिमितहुन् पुग्यो । कर्णालीका खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहदै ५ बनाइन् । बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हातपार्दा राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए ।
त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर पूरै मात्र ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।
टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सिता राना मगरले कप्तानी पारी खेलिन् । उनले ५९ बलको सामनागर्दै ८ चौका सहित ६८ रन बनाइन् । यस्तै सीतालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकीथिइन् ।
बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथानिशा पराजुली र अन्जु गुरुङ समान १र१ विकेट लिन सफलभएकाथिए । अबप्रतियोगितामाआईतबार पहिलो खेलमा कर्णालीले लुम्बिनीप्रदेशको सामनागर्दा दोस्रोले खेलमाएपीएफले प्रदेश २ को सामनागर्नेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…