

एजेन्सी, पुस २५ । एस्टन भिल्लामाथि शानदार जित निकाल्दै प्रिमियर लिग च्याम्पियन लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लामाथि ४–१ को सहज जित निकाल्दै चाैथाे चरणमा प्रवेश गरेकाे हाे । एस्टन भिल्लाकाे मैदानमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरे ।

यस्तै जर्जिनिओ विनाल्डमले ६० औँ तथा मोहम्मद सालहले ६५ औँ मिनेटमा गोल गरे । एस्टन भिल्लाका लागि १७ वर्षे किशोर लुई ब्यारीले ४१ औँ मिनेटमा एक गोल फर्काएका थिए । अर्को खेलमा क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको वुल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…