
१४औं सस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन विजेता जापानीज धावक योसुके ताकानासी । तस्बिर फाईल ।
पोखरा-एक महिनापछि पोखरा म्याराथन हुदैं छ । अन्तराष्ट्रिय संस्करणको यो दोस्रो प्रतियोगिताको रुपमा रहने छ । यद्यपी विश्वव्यापी कोरोनाले प्रभावित बनाएपछि पोखरा अन्तराष्ट्रिय म्याराथनको सहभागिता कम हुने नेपाल भुतपुर्वखेलाडी मन्चले जनाएको छ ।
‘गतवर्ष जापानीज धावकले जितेका थिए । तर यो वर्ष जापानीज धावक आउने सम्भावना कम छ । अन्य विदेशी धावकहरु पनि सहभागिता कम हुने सम्भावना छ । पत्रचार भने हामीले गरिरहेका छौं ।’ नेपाल भुतपुर्व खेलाडी मन्चका अध्यक्ष तेजबहादुर गुरुङले भने–‘सकेसम्म थोरै भएपनि विदेशी धावकलाई सहभागिता गराउने विश्वास हामीले लिएका छौं ।’
वर्षको पहिलो म्याराथन नेपालगन्जमा आयोजना गरियो । दोस्रो ऋषिङमा आयोजना गरिएको थियो । तेस्रो एवं १५ औं सस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते शनिबार पोखरामा हुने छ । पोखरा म्याराथनको पहिलो अन्तराष्ट्रिय संस्करणको पुरस्कार जापानीज धावक योसुके ताकानासीले आफनो नाममा लेखाएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल र नेपाल पुलिसका धावककै बर्चस्व रहदैं आएको छ ।
१५ औं संस्करणसम्म आईपुग्दा १४ वषै अघि राखेको पोखरा म्याराथनको रेकर्ड भने तोडिएको छैन् । नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतले छैटौं म्याराथनमा राखेको २ घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दै उपाधि जितेका हुन् । जुन समय अहिलेसम्म तोडिएको छैन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा सिटी म्याराथनको अवधारणासँगै २०५८ सालदेखि पोखरा म्याराथनको शुरुवात गरिएको थियो । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा आयोजित हुदैं आएको छ । १५ औं संस्करणको उपाधि विजेताले २ लाख रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानकोले १ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल भुतपुर्व खेलाडी मन्तका अध्यक्ष गुरुङले जानकारी दिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…