
प्रिन्स दाहाल
काठमाडौं-नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले बिश्व जुनियर स्तरमा ठुलो फड्को मार्न सफल भएका छन् । बिश्व ब्याडमिन्टन महासंघले निकोलेको नयाँ बरियता क्रममा प्रिन्स ११ औं स्थानबाट तेश्रो स्थानमा उक्लदै ईतिहास रच्न सफल भएका हुन् ।
७ औं स्थानबाट डिसेम्बरमा ११ औं स्थानमा पुगेका प्रिन्स बिश्व ब्याडमिन्टन महासंघले आज निकालेको नयाँ बरियतामा जुनियर यु- १९ मा तेश्रो स्थान पुग्न सफल भएका हुन् । नेपाली खेलाडीले बिश्व ब्याडमिन्टन बरियतामा प्राप्त गरेको यो ठुलो उपलब्धी हो । यसका साथै दाहालले बिश्व ब्याडमिन्टन मञ्चमा नेपालको शानलाई उच्च राख्न समेत योगदान पु¥याएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…