
बलको लागि संघर्ष गर्दै नेपाल पुलिस र चौदण्डी नगरपालिकाका खेलाडी ।
काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार मोफसलको टोली चौदण्डी नगरपालिकालालाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेसको मैदानमा भएको दिनको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालीका उदयपुरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो ।
एक तर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २÷२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक÷एक गोल आफ्नो नाममा लेखाए । तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुआती अग्रता लिउको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहारगरेको बलल उदरपुरकी गोलकिपरको हातमा लागे गोलमा परिणत भएको थियो । इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिएन ।
सुरुआतबाट नै दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो । निर्धातिर समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई निश्चित गरिन । जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…