
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग बराबरी खेलेकाे छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मुख्यालयमा भएकाे खेलमा पुिलसले र वालिङसँग १-१ काे बराबरीमा राेकिएकाे हाे । वालिङले लिएकाे सुरूअाती अग्रतालाइ पुलिसले दाेस्राे हाफमा बराबरी गर्दै अंक खाेसेकाे हाे ।
वालिङका लागि विदेशी खेलाडी मिथाे इल्डाइ रूथले ५३ अाैं मिनेटमा गाेल गरेकाे थियाे । पहिलाे हाफ गाेल रहित बराबरी खेलेका टाेलीले दाेस्राे हाफमा अाक्रामक खेल खेलेका थिए । पछि परेकाे विभागीय टाेलीका लागि रेखा पाैडेलले ६५ अाैं मिनेटमा गाेल गर्दै खेल बराबरीकाे अवस्थामा ल्याएकी थिइन् ।
त्यसपछि दुबै टाेलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयाेग गर्न नसक्दा दुबै टाेलीले अंक बाँडेका हुन । तीन खेलबाट पुलिसकाे ५ अंक भएकाे छ भने वालिङकाे २ अंक मात्र भएकाे छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…