प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र वाग्मती प्रदेश दोस्रो सेमिफाइनल खेल खेल्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १५ गते २०७७ मा प्रकाशित


बागमती प्रदेश

काठमाण्डाैं, माघ १५ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् ।

वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ ।

हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ  ।